arrow

सिप्रदीयन सहायता संस्थाद्वारा तेन्जिङ्ग हिलारी एभरेस्ट म्याराथनका विजेताहरूलाई सम्मान

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ १९ शुक्रबार
sipradi-felicitating-marathon-winners.jpg

काठमाडौँ। सिप्रदी कम्पनीको सामाजिक उत्तरदायित्व संस्था सिप्रदीयन सहायता संस्थाले हालै सम्पन्न तेन्जिङ्ग हिलारी एभरेस्ट म्याराथन २०२३ का विजेताहरू धाविका मञ्जु रावत र धावक दल बहादुर कुँवरलाई एक कार्यक्रम माझ सम्मान स्वरूप नगद पुरस्कार हस्तान्तरण गरेको छ।

म्याराथनमा महिलातर्फ प्रथम हुन सफल भएकी धाविका मञ्जु रावतलाई सम्मान स्वरूप रु ७५,००० प्रदान गरिएको थियो भने पुरुषतर्फ दोस्रो स्थान प्राप्त गर्न सफल भएका दल बहादुर कुँवरलाई रु ५०,००० प्रदान गरिएको थियो। कार्यक्रममा सिप्रदीयन सहायता संस्थाका वरिष्ठ उपाध्यक्ष शम्भुप्रसाद दाहल, उपाध्यक्ष  राजन बावु श्रेष्ठ, महासचिव  राजेश प्रसाद गिरी र कोषाध्यक्ष  सौरभ राज थापालियाले विजेताहरूलाई बधाई दिँदै नगद पुरस्कार प्रदान गरेका थिए।

सिप्रदीयन सहायता संस्थासँग सहकार्य गर्दै आएको कर्णाली स्पोर्टस क्लबका खेलाडी मञ्जु रावत र दल बहादुर कुँवरलाई तेन्जिङ्ग हिलारी एभरेस्ट म्याराथन २०२३ महिलातर्फ प्रथम र पुरुषतर्फ दोस्रो स्थान प्राप्त गर्न सफल भएकोमा सम्मान स्वरूप नगद पुरस्कार हस्तान्तरण गरेको छ।

खेलकुद क्षेत्रको विकास र खेलाडीहरूको क्षमता वृद्धि गर्ने उद्देश्यले सिप्रदीयन सहायता संस्थाले विजेताहरू आबद्ध रहेको कर्णाली स्पोर्टस क्लबसँग विगत २ वर्षदेखि सहकार्य गर्दै आएको छ। अल्ट्रा म्याराथन दौड तालिमका लागि जेहिन्दर र मेहनती खेलाडीहरू छनोट गरी प्रशिक्षणका लागि आवश्यक सामग्री तथा पौष्टिक आहारमा लाग्ने सम्पूर्ण खर्च व्यहोर्दै आइरहेको छ।

संस्थाका वरिष्ठ उपाध्यक्ष शम्भुप्रसाद दाहालका अनुसार, "आज हामी यहाँ खेलाडी विजेताहरूको साथै उनीहरूलाई प्रत्यक्ष रूपमा दैनिक प्रशिक्षणमा योगदान पुर्‍याउने गिनिज बुक अफ वल्र्ड रेकर्ड होल्डर हरि बहादुर रोकायालाई पनि परिश्रम र समर्पणको लागि धन्यवाद दिन चाहन्छौँ। प्रशिक्षकको अथक प्रयास, खेलाडीहरूको कठोर मेहनतमा आर्थिक सहयोग गरेर आज यो जितसँग आबद्ध हुन पाउँदा हामी गौरवान्वित छौँ र भविष्यमा पनि सिप्रदीयन सहायता संस्थाले जेहिन्दर र मेहनती खेलाडीहरूको हितमा काम गर्नेमा म विश्वस्त छु।"

सिप्रदी सहायता संस्थाका बारेमा
सन् २०१२ मा स्थापना भएको सिप्रदीयन सहायता संस्था गैरनाफामूलक निरपेक्ष, गैरसरकारी तथा अराजनैतिक सामाजिक संस्था हो। सिप्रदी ट्रेडिङ्ग प्राइभेट लिमिटेडद्वारा कम्पनीको सामाजिक उत्तरदायित्वसँग सम्बन्धी क्रियाकलापहरू सञ्चालन गर्नका लागि सिप्रदीयन सहायता संस्थाको स्थापना गरिएको हो। संस्थाले योग्य तर आर्थिक रूपमा कमजोर बालबालिकालाई छात्रवृत्ति प्रदान गर्दै र दुर्गम क्षेत्रमा प्रौढ शिक्षाको विकासमा सहयोग गर्दै शिक्षाको क्षेत्रमा सहयोग गर्ने लक्ष्य लिएको छ। संस्थाले ज्येष्ठ नागरिकहरू, टुहुरा बालबालिकाहरू तथा फरक क्षमता भएका व्यक्तिहरूलाई सेवा र सहयोग हर सम्भव पुर्‍याउने लक्ष्य लिएको छ। यसको साथै संस्थाले प्राकृतिक विपद् र प्रकोपबाट पीडितहरूको आपत्कालीन उद्धार, सहयोग तथा पुनर्स्थापनासम्बन्धी कार्यमा सहयोग गर्दै आएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ