arrow

नागरिकता विधेयक प्रमाणीकरण गरेका राष्ट्रपतिलाई मधेसमा अभिनन्दन गरिँदै

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ २१ आइतबार
ramchandra-poudel-president-signature.jpg

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल जेठ ३१ गते जनकपुरधाम जाने भएका छन् ।  नागरिकता विधेयक प्रमाणीकरण गरेका राष्ट्रपति पौडेलको जनकपुरधाममा नागरिक अभिनन्दन हुने भएको छ ।

यही जेठ ३१ गते जनकपुरधाममा राष्ट्रपतिको नागरिक अभिनन्दन गर्ने सर्वपक्षीय सहमति भएको नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले जानकारी दिएका छन् । 

नागरिकता विधेयक प्रमाणीकरण गरेकोमा राष्ट्रपतिलाई धन्यवाद ज्ञापन र मूल समारोह समितिको निर्णयअनुसार जनकपुरधामको एउटा चोकमा राष्ट्रपतिद्वारा झन्डा फहराइने भएको छ । 

जनकपुरधाम आउन लागेका राष्ट्रपति पौडेललाई मधेसवासीले भव्य स्वागत गर्नुपर्ने प्रस्तावमा सबै दलले सहमति जनाएका छन् ।  

धनुषाका सबै प्रतिनिधिसभा सांसद र प्रदेशसभा सदस्यहरूसहितको मूल समिति र अन्य उपसमिति बनाएर राष्ट्रपतिको जानकी मन्दिरको पूजापाठदेखि तिरहुतिया गाछीमा हुने भव्य स्वागत र नागरिक अभिनन्दनको तयारी गर्ने निर्णय गरिएको छ ।  
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ