arrow

संसद बैठक स्थगन गर्न राप्रपाको प्रस्ताव

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ २१ आइतबार
rpp-raprapa.jpg

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले प्रतिनिधि सभा बैठकको कार्यक्रम स्थगन गर्न प्रस्ताव पेश गरेको छ । प्रतिनिधि सभा नियमावली २०७९ को नियम ७४ बमोजिम आजको संसद बैठकको कार्यक्रम स्थगत गर्न प्रस्ताव पेश गरेको प्रमुख सचेतक ज्ञानबहादर शाहीले बताएका छन् । 

अत्यन्त जरुरी सार्वजनिक महत्वको विषयमाथि छलफल गर्न शाहीका तर्फबाट प्रस्ताव पेश गरिएको हो । राष्ट्रपतिले नीति र नियम विपरीत नागरिकता विधेयक प्रमाणीकरण र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारत भ्रमणमा मुलुकको हितविपरीत कार्य गरेको कुरा उठेकाले यस विषयमा छलफल नगरी संसद नियमित रुपमा अगाडि नबढ्ने भएकाले निर्धारित सबै कार्यक्रम स्थगित गर्न शाहीले माग गरेका हुन् ।

एमालेले पनि संसद अगाडि बढ्न नदिने बताइसकेको छ । 

आजदेखि बजेटमा छलफल हुने कार्यक्रम छ । बिहान ११ बजेदेखि बस्ने भनेको बैठक अहिलेसम्म शुरु भएको छैन । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ