arrow

नागरिकता विधेयक भारत भ्रमणको मुखमा प्रमाणीकरण किन गरियो यसको जवाफ चाहियो  : राजेन्द्र लिङ्देन

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ २१ आइतबार
lingden.JPG

काठमाडौं । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले नागरिकता विधेयक प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणको मुखमा किन प्रमाणीकरण गरियो त्यसको जवाफ माग गरेका छन् । आजको प्रतिनिधिसभा बैठकमा  बोल्दै उनले यस्तो माग गरेका हुन् । 

उनले भने,' जुन प्रक्रियाबाट नागरिकता विधेयक पारित गरियो त्यसको राप्रपाले विरोध जनाउँछ ।  त्यसलाई सच्याइयोस् ।  राष्ट्रपति संस्था निष्पक्ष हुन सक्दैन यो दलको निर्देशनमा चल्छ भनेका थियौ ।  किन नागरिकता विधेयक भारत भ्रमणको मुखमा प्रमाणीकरण गरियो यसको जवाफ चाहियो  यो कसको के स्वार्थमा भएको छ । यो आममाफीको विषय भएको छ ।' 

उनले  प्रधानमन्त्री प्रचण्ड संसदमा आएर स्पष्ट पार्नुपर्ने बताए । 

 



नयाँ