arrow

मैले कहीँ पनि विकल्प यो हुन्छ र यसमा जाउँ भनेर भनेको छैन स्पष्ट होस् –  प्रचण्ड 

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ २२ सोमबार
prachanda-parliament-2080-02-22.jpg

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतमा जानुअघि सदनलाई जानकारी गराएको स्पष्ट पार्दै सदनमा यी विषयमा छलफल हुँदैछ भनेर जानकारी गराएको बताए । 

प्रतिनिधि सभाको बैठकमा उनले भारतमा भए गरेका कामहरुबारे जानकारी गराउँदै भने, ‘भारतका प्रधानमन्त्री महामहिम नरेन्द्र मोदीको निमन्त्रणामा चार दिने औपचारिक भ्रमण गरी फर्केको छु । नेपाल र भारतबीच सदियौं पुरानो तथा घनिष्ट सम्बन्ध रहिआएको छ ।’ उनले सो क्रममा आर्थिक मामिलामा राष्ट्रको दीर्घकालीन योजनामा छलफल भएको बताए । 

उनले राजनीतिक रुपमा वार्ताबाट असमझदारी हटाउने सहमति भएको बताए । उनले त्यहाँ भएका सहमति र सम्झौता भएकोसमेत बताए । 

उनले सीमा सम्बन्धमा मोदीले स्पष्ट रुपमा बताएको र यसरी स्पष्ट रुपमा आएको यो पहिलो पटक भएकोसमेत दाबी गरेका छन् । 

संसदमा खोजिएका प्रश्नको जवाफ दिँदै प्रचण्डले सीमामा जोडिएका समस्याबारे भने, ‘जिम्मेवारीपूर्वक भन्न चाहन्छु, मैले स्पष्टसँग यी समस्याको समाधान गर्नैपर्छ यो समाधान नभएसम्म भारतीय प्रधानमन्त्रीसँग स्पष्टसँग राखिएको मलाई लाग्छ यो पहिलो पटक हो । भारतीय प्रधानमन्त्रीबाट पहिलो पटक समाधान गरेर सम्बन्ध हिमालसम्म पुर्याइन्छ भनेको यो पहिलो पटक हुनुपर्छ ।’
उनले अगाडि भने, ‘मैले त आन्तरिक छलफलको क्रममा राखेँ । तर भारतीय प्रधानमन्त्रीले नै सीमा समस्या हल गरिन्छ । सम्बन्ध हिमालयको उचाइमा पुर्याइन्छ भन्नु भएको छ । उहाँले हिटमात्र हैन कि सम्बन्ध सुपर हिट हुनुपर्छ भन्नु भएको छ । यो खुशीको कुरा हो कि दुःख मनाउने ?’

उनले अगाडि भने, ‘मैले कहीँ पनि विकल्प यो हुन्छ र यसमा जाउँ भनेर भनेको छैन स्पष्ट होस् । कहीँ कोही कन्फ्युजन नहोस् । कालापानी, लिपुलेक, लिम्पियाधुरा नेपालको भूमि हो । मैले त्यही भनेको छु ।’ 

उनले यो भ्रमण एक अर्कालाई घोचपेच गर्ने वा होच्याउने भन्दा कामकाजी विषयमा बढी भएको पनि बताए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ