arrow

खप्तडमा आजदेखि आध्यात्मिक सम्मेलन, बाबा रामदेवले सिकाउने

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ २३ मंगलबार
ramdev1.jpg

काठमाडौं ।  खप्तडमा आजबाट आध्यात्मिक सम्मेलन हुँदैछ । 

तीन दिनसम्म चल्ने सम्मेलनमा भारतीय योगगुरु बाबा रामदेव पनि सहभागी हुन लागेका छन्  । 

स्वामी रामदेव एक विश्व प्रसिद्ध भारतीय योगगुरू हुन् । उनले सम्मेलनमा योगासन र प्राणायामको सरल विधि सिकाउनेछन् । 

साथै पतञ्जलि योग पीठ हरिद्वारका आयुर्वेद शिरोमणि आचार्य बालकृष्ण खप्तड पुगिसकेका छन् । 

सम्मेलनको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गर्ने कार्यक्रम छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ