arrow

मधेसले प्रस्तुत गर्दै नीति तथा कार्यक्रम 

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ २३ मंगलबार
madhes-pradesh.jpg

जनकपुर । मधेस प्रदेश सरकारले आज नीति तथा कार्यक्रम प्रस्तुत गर्दैछ । मधेस प्रदेश सरकारले आज आर्थिक वर्ष २०८०–८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्न लागेको हो । जसका लागि  दिउँसो ३ बजे प्रदेश सभा बैठक बोलाइएको छ ।

जसअनुसार मधेस प्रदेश प्रमुख हरिशंकर मिश्रले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन् । 

अर्थमन्त्री संजय कुमार यादवले मधेस प्रदेश सरकारले नमूना १०० आयोजनाहरुको घोषणा गरेर कार्यान्वयनमा ल्याइने जनाई सकेका छन् । 

उनका अनुसार नीति तथा कार्यक्रममार्फत पुरानो योजनाहरूलाई निरन्तरता दिँदै मुख्यतः शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन तथा भौतिक पूर्वाधार विकासलाई प्राथमिकता दिइनेछ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ