बाइस वर्षे महिलालाई बलात्कार गरेको आरोपमा ३५ वर्षे पक्राउ
हाम्रा कुरा
प्रकाशित २०८० जेठ २३ मंगलबार
1.1k
Shares
काठमाडौं । २२ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा नागार्जुन नगरपालिका ४ बाफल डेरा गरी बस्ने नुवाकोट बेलकोटगढी नगरपालिका ७ घर भएका ३५ वर्षीय कृष्ण तामाङलाई प्रहरीले पक्राउ गरेको छ ।
तामाङले ती महिलालाई पीडितकै कोठामा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।