arrow

भारतको संसद्को नक्सा राजनीतिक होइन ऐतिहासिक र सांस्कृतिक हो : प्रचण्ड

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ २४ बुधबार
prachanda-rastriyasabha-2080.jpg

काठमाडौं ।  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतको नयाँ संसद भवनमा नेपालको भूमि समेत सामेल गरिएको नक्सा राजनीतिक नभइ ऐतिहासिक र सांस्कृतिक भएको बताएका छन् । 

बुधबार राष्ट्रियसभा बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा उनले सो विषयमा आफूले भारतीय पक्षसँग गम्भीरतापूर्वक कुरा उठाएको बताए  ।

 प्रधानमन्त्री प्रचण्डले भने ‘पहिलो कुरा संसद्को नक्साबारे कुरा भयो । मैले गम्भीर रूपमा नै उठाए । यो कुनै राजनीतिक नक्सा होइन । यो ऐतिहासिक र सांस्कृतिक नक्सा हो ।' 

प्रधानमन्त्री प्रचण्डले मिडियामा सो बारे आएको विषयमा आफूले भारतीय पक्षसँग कुरा राखेको र भारतीय पक्षबाट यो कुनै राजनीतिक नक्सा नभएकाले त्यसलाई राजनीतिक रूपमा नहेर्न भनेको जवाफ आएको पनि बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ