arrow

संविधानको अपमान त पूर्व राष्ट्रपतिबाटै भयो – प्रधानमन्त्री प्रचण्ड

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ २४ बुधबार
prachanda-rastriyasabha-2080-02-24.jpg

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीबाट संविधानको अपमान भएको बताएका छन् । नागरिकता विधेयक प्रमाणीकरण नगरेर पूर्व राष्ट्रपतिले संविधानको हनन गरेको उनले बताएका हुन् । 

राष्ट्रिय सभाको बैठकमा सांसदहरुको जिज्ञासाको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले संसदका दुवै सदनले दुई पटक पास गरेर पठाएको नागरिकता विधेयक प्रमाणीकरण नगरी थन्क्याएर राख्ने अधिकार पूर्व राष्ट्रपतिमा नभएकाले जहाँबाट कडि छुटेको हो त्यहीँबाट जोडिदिएर वर्तमान राष्ट्रपतिबाट फुकुवा गरेको बताए । 

उनले भने, ‘अदालतमा पुगिसकेको कुरालाई हामी हेरौँ । म विश्वास के गर्छु भने अदालतले पनि संविधानको मर्म र भावना विपरीत गएर पक्कै पनि केही गर्दैन ।’ 

प्रधानमन्त्री प्रचण्डले अदालतको फैसला सबैलाई मान्य हुने बताए । उनले भारत भ्रमणका क्रममा भएगरेका गतिविधि र विवादलाई पनि स्पष्ट पारेका छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ