arrow

जम्बो टोली जाने त चलनै हो – प्रधानमन्त्री प्रचण्ड

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ २४ बुधबार
prachanda-rastriyasabha-2080-02-24a.jpg

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारत भ्रमणका क्रममा गएको टोली पहिलेदेखि नै जम्बो टोली हुने गरेको बताएका छन् । 

राष्ट्रिय सभाको बैठकमा सांसदहरुको जिज्ञासाको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले भने, ‘हाम्रो परम्परा नै जम्बो छ । ४८ जना त निजी क्षेत्रका उनीहरुको आफ्नै खर्चले हो । सरकारी ठूलो चाहिँ होइन ।’

१२० जनाको टोलीको नेतृत्व गर्दै प्रचण्ड जेठ १७ देखि २० सम्म भारतको भ्रमण गरेका थिए । 

उनले जम्बो टोलीबारे भने, ‘ठूलो हो भने हाम्रो परम्परै हो । म त घटाउने पक्षमै छु ।’

उनले भारत भ्रमणमा कुनै अपमान महसुस नभएको र निकै नै फलदायी रहेको बताए । 

उनले प्रधानमन्त्रीलाई लिन राज्य मन्त्री नै आउने गरेको भन्दै आफूलाई कुनै अपमान नभएको बताए । राजकीय भ्रमणमा भने विदेश मन्त्री आउने चलन रहेको उनले बताए । 

भ्रमणमा विश्वासको वातावरण बनेको उनले बताए । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ