arrow

किसानका दुःख सम्झदै विनोद चौधरीले मागे रासायनिक मल [भिडियोसँगै पूर्णपाठ]

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ २५ बिहिबार
binod-chaudhary-2080-02-25.jpg

काठमाडौं । नेपाली कांग्रेसका सांसद एवं उद्योगपति विनोद चौधरीले किसानका लागि कम्तीमा रासायनिक मल मागेका छन् । 

प्रतिनिधि सभाको बिहीबारको बैठकमा आर्थिक वर्ष २०८०–०८१ को बजेटमाथि आफ्ना धारणा राख्ने क्रममा किसानहरूको अनुहार झल्झली सम्झिरहेको भन्दै भने, ‘मेरो निर्वाचन क्षेत्र नवलपरासीमा जब म किसानको बीचमा पुग्छु– उहाँहरूको भावले भनिरहेको हुन्छ, खेतीको सिजन शुरू भयो, कम्तीमा रासायनिक मलको व्यवस्था होस् ।’
    

उनले खेतीपाती लगाउने यस सिजनमा किसानहरू मलका लागि तड्पिरहनुपरेको भन्दै किसानको माग अनुसार मल आपूर्तिको व्यवस्था मिलाउन आग्रह गरे । 

सांसद चौधरीले अहिले पनि किसानको आवश्यकताको २५ प्रतिशत मात्रै रासायनिक मल उपलब्ध गराउन सक्ने अवस्था रहेको बताउँदै बजेटमा ‘हरित अर्थतन्त्र, दिगो विकासको मन्त्र’ भन्ने नारा त दियौँ तर त्यो नारा सफल पार्ने जिम्मेवारीमा रहेका किसानलाई कहिल्यै मलसम्म दिन सकेनौँ’ भन्दै सरकारको ध्यानाकर्षण गराए । 

सम्बोधनका क्रममा समग्र अर्थव्यवस्थाबारे उनले धारणा राखेका हुन् । यस्तो छ उनको धारणाको पूर्णपाठ-

 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ