arrow

राप्तीसोनारीका युवालाई ग्रामीण पत्रकारिता तालिम

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ २६ शुक्रबार
raptisonari-journalism-2080-02-26.jpg

नेपालगञ्ज । बाँकेको राप्तीसोनारी गाउँपालिकामा सञ्चालित ग्रामीण पत्रकारिता विकासका लागि तीन दिने आधारभुत पत्रकारिता तालिम आज सकिएको छ ।

 सूचना र मानव अधिकार अनुसन्धान केन्द्र नेपालगन्जले सञ्चालन गरेको तालिममा राप्तीसोनारी गाउँपालिकाका ९ वटा वडाका २३ जना युवा तथा किशोरीहरुको सहभागिता रहेको थियो । 

तालिमको समापन गर्दै गाउँपालिकाका उपाध्यक्ष मनिषासिंह थारुले स्थानीय गाउँ समुदायका सवाललाई सञ्चार माध्यमसम्म पु¥याउनका लागि यो तालिमले मद्दत पुग्ने बताइन । उपाध्यक्ष थारुले पत्रकारिता क्षेत्र निकै जोखिमपुर्ण तथा सम्मानित पेशा भएकाले विशेष ध्यान दिनुपर्नेमा जोड दिदै सत्य तथ्य र निश्पक्षरुपमा रिपोर्टिङ्ग गरी पेशालाई मर्यादित बनाउन आग्रह गरिन । 

उपाध्यक्ष थारुले गाउँपालिकाले आगामी वर्षको नीति तथा कार्यक्रममै महिलाहरुका लागि उद्घोषण तथा पत्रकारिता तालिमको विशेष कार्यक्रम समावेश गर्ने बताइन् । 

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ओमप्रकाश देवकोटाले पत्रकारिता पेशामा जान आधारभूत तालिमले बाटो खोलेको भन्दै आफूलाई निखार बनाउन अध्ययन र लगनशिल भएर लाग्नुपर्ने बताए।

 पत्रकार बन्नका लागि शुरुमा क्षमता अभिबृद्धि मुख्य पाटोको रुपमा रहेकाले पेशा शुरु गरिसके पश्चात एडभान्सस्तरको तालिमको आवश्यकता रहेको बताए । उनले गाउँपालिकाले युवाहरुलाई यो तालिम दिएर यहाका विषयबस्तु तथा सवालमा सहजता हुने बताए । 

समापन कार्यक्रममा गाउँपालिकाका ५ नंं. वडा सदस्य कमला विक, नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश उपाध्यक्ष शुक्रऋषि चौलागाई, सहभागीका तर्फबाट प्रमिला घर्ती र धनबहादुर थारूले बोलेका थिए । 

तालिममा पत्रकार शुक्रऋषि चौलागाई र राकेशकुमार मिश्रले सहजीकरण गरेको कार्यक्रम संयोजक जयसिंह केसीले जानकारी दिए। संयोजक केसीका अनुसार ग्रामीण क्षेत्रका सवाललाई संचारमाध्यमसम्म पुर्याउनका लागि तालिम सञ्चालन गरिएको हो । तालिममा सहभागीहरुलाई प्रमाणपत्रसमेत वितरण गरिएको थियो



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ