- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । पछिल्लो समय पृथ्वीको तापक्रम दिनानुदिन बढ्दै गएको छ । विगतका वर्षहरुको तुलनामा अहिले नेपालको पनि तापक्रममा वृद्धि भएको छ ।
तराईका जिल्लाहरुमा यसको असर अझ बढी देखिएको छ । प्रिमनसुनको समयमा पानी पर्नुको साटो तापक्रममा झन् भन्दा झन् वृद्दिद्धि भएको मौसमविद्हरु बताउँछन् ।
जलवायु परिवर्तनलाई पनि यसको कारण देखाइएको छ । तर पछिल्ला ३–४ वर्षको मौसमको गतिविधिमा पनि धेरै फेरबदल आएकोले पनि अहिलेको प्रिमनसुन समयमा औसत भन्दा कम पानी पर्ने र पछिल्ला वर्षको गर्मी औसत भन्दा बढी हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
गर्मी छल्नका लागि मानिसहरु विभिन्न उपाय पनि अपनाइरहेका छन् । छाता नभै हिँड्न सक्ने अवस्था पनि छैन ।
अहिले काठमाडौंका विभिन्न स्थानमा स्थानीय क्लबहरुले पिउने पानीको व्यवस्थापन पनि गर्दिएको देखिन्छ । छहारी र सित्तल खोजेर बस्ने धेरै देखिन्छ । काठमाडौंमा हिजो आज चिसो र लस्सी पदार्थहरुको व्यापार पनि ह्ववात्तै बढेको छ ।
तस्बिर – नेपाल फोटो लाइब्रेरि