arrow

प्रथम उपाध्यक्ष गोल्डकपको उपाधि सोरु क्लबलाई

logo
नृपेन्द्र बहादुर मल्ल,
प्रकाशित २०८० जेठ २८ आइतबार
soru-gold-cup.JPG

मुगु । सोरु गाउँपालिकाले आयोजना गरेको प्रथम उपाध्यक्ष फुटबल गोल्डकपको उपाधि सोरु फुटबल क्लबले हात पारेको छ । शुक्रबार खेलाइएको फाइनल खेलमा खेलको निर्धारित ६० मिनेटमा छायानाथ रारा नगरपालिका वडा न १ श्रीनगर गाउँको ए वान स्पोट क्लब र सोरु फुटबल टिमले गोल गर्न नसकेपछि भएको पेनाल्टी सुटमा सोरु फुटबल क्लबले एक गोल गर्दै ए वान स्पोट क्लबलाई पराजित गरेको थियो । 

विजेता सोरु फुटबल क्लबलाई जिल्ला समन्वय समिति मुगुका प्रमुख मञ्जन बहादुर शाहीले ट्रफ्री,प्रमाण पत्र र नगद  १ लाख ११ हजार १ सय ११ रुपैयाँ पुरस्कार प्रदान गरेका थिए उपविजेता ए वान यूथ क्लबले प्रमाण पत्र सहित ६६ हजार ६ सय ६६ नगद पुरस्कार प्राप्त गरेको छ भने तेर्सो स्थान लिन सफल भएको खत्याड गाउँपालिकाको टाइगर फुटबल पनि प्रमाण पत्र सहित ३३ हजार ३ सय ३३ नगद पुरस्कार प्रदान गरिएको छ ।

सोरु फुटबल टिमका छक्क शाही उत्कृष्ट गोलकिपर र सोही टिमका सुवास शाही उत्कृष्ट डिफेन्डर घोषित भए । त्यसै गरि ए वान क्लबका निखिल तामाङलाई सर्वाधिक गोलकर्ता हुँदै गर्दा सोरु फुटबल टिम टिमका डिलेन्द्र शाहीलाई म्यान अफ दी म्याच घोषित गरियो ।

खेलाडीको संरक्षण र खेलकुदको विकास गर्न प्रथम उपाध्यक्ष गोल्डकपको आयोजना गरिएको उपाध्यक्ष केशरबहादुर शाहीले बताए । जिल्ला मै पहिलो पटक पालिकाले आयोजना तथा सञ्चालन गरेको गोल्डकपले जिल्ला भरिका युवा तथा खेलप्रेमिहरुलाई  फुटबल खेल प्रति आकर्षित गर्नुका साथै खेलमा स्थानीयको सहभागिताले आगामी दिनमा पालिकालाई खेलकुद गर्न हौसला बढेको पनि उपाध्यक्ष शाहीले भने ।

विकास निर्माणको तीव्रता सँगै सोरु गाउँपालिकालाई खेलकुदको हब बनाउने पालिकोको योजना रहेको सोरु गाउँपालिकाका अध्यक्ष धर्मबहादुर शाहीले सुनाउनु हुँदै आगामी ४ वर्ष भित्र सोरुकोट पोग्रीमा अखिल नेपाल फुटबल सङ्घको मान्यता प्राप्त खेलकुद मैदान निर्माण गरि खेलकुद क्षेत्रलाई माथि उकास्ने बताए । उनले खेलकुदका लागि बजेट अभाव हुन दिने बाचा समेत गरे ।

जेठ २० गते देखि सुरु भएको प्रथम उपाध्यक्ष गोल्डकपमा जिल्लाभरिका १७ वटा फुटबल क्लबहरूको सहभागिता रहेको थियो भने सबै चरणका खेलमा गरि तीन सय जना खेलाडीहरू खेल खेलेको सोरु गाउँपालिकाले जानकारी गराएको छ ।

फुटबल खेलको निष्पक्षताका लागि गाउँपालिकाले एन्फाबाटै प्रशिक्षक (रेफ्री) झिकाएको थियो ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ