arrow

तलब नबढेपछि कर्मचारीको हातमा थाली, विद्यालय बन्द गर्ने चेतावनी [फोटोफिचरसहित]

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ २८ आइतबार
thal thatayera pradarshan.jpg

काठमाडौं । नेपाल विद्यालय कर्मचारी परिषद्ले सामुदायिक विद्यालयका कर्मचारीहरूलाई बजेटमा सम्बोधन नगरिएको भन्दै थाली बजाएर प्रदर्शन गरेको छ । आइतबार काठमाडौंको बानेश्वरमा उनीहरूले थाली बजाएर सरकारको विरोध गरेका हुन् । 

उनीहरूले सरकारको नीति तथा कार्यक्रममा सामुदायिक विद्यालयका कर्मचारीहरूलाई बजेटमा सम्बोधन गरिनेछ भन्ने विषय उल्लेख नगरेको र बजेटमा आफूहरूलाई कुनै सम्बोधन नभएको भन्दै विरोध जनाएको हो । 

विरोध कार्यक्रमका क्रममा बोल्दै नेपाल विद्यालय कर्मचारी परिषद्का राष्ट्रिय अध्यक्ष गङ्गाराम तिवारीले २०७९ भाद्र १९ गते तत्कालीन शिक्षामन्त्री देवेन्द्र पौडेलको मन्त्रीस्तरीय निर्णय गरी सामुदायिक विद्यालय कर्मचारीको दुई तहको तलबमान वृद्धि गर्ने भने पनि बजेटमा कुनै सम्बोधन नभएकाले बाध्य भई विरोध गर्नुपरेको बताए । 

उनले आजका दिनसम्म शान्तिपूर्ण आन्दोलन गरे पनि असार १ गतेसम्म पनि माग पूरा नभए अनिश्चितकालका लागि सामुदायिक विद्यालय बन्द गर्ने चेतावनी दिए । 

उनले जेठ २९ गतेबाट काठमाडौंमा रिले अनसन बस्ने पनि बताए । 

IMG_9657.jpg
IMG_9671.jpg
IMG_9615.jpg
IMG_9619.jpg
IMG_9667.jpg
IMG_9640.jpg
IMG_9686.jpg
IMG_9625.jpg
IMG_9662.jpg
IMG_9659.jpg
IMG_9646.jpg
IMG_9664.jpg
IMG_9691.jpg
IMG_9637.jpg
IMG_9612.jpg
IMG_9650.jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ