arrow

प्रचण्ड पशुपति पुगे, अब अग्निपरीक्षा : लिङदेन (भिडियो)

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ २९ सोमबार
rajendra-lingden-2080-02-28.JPG

काठमाडौं ।  राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले अब प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अग्निपरीक्षा हुने बताएका छन् । दुई दिन अघि पशुपतिनाथको दर्शनमा पुगेका प्रचण्डको अव  अग्निपरीक्षा हुने लिङदेन  बताएका हुन् ।

उनले भने,' नेपाली सन्तानले पशुपतिनाथप्रति आस्था व्यक्त गर्नु राम्रो हो । अब उपयुक्त समयमा राष्ट्रिय प्रजातन्त्र पार्टीले संविधान संशोधनको प्रस्ताव ल्याउँछ, त्यस बेला प्रधानमन्त्रीको अग्निपरीक्षा हुन्छ ।’  

प्रचण्डले जनतालाई देखाउनका लागि मात्रै पशुपतिनाथको दर्शन गरेको उनको टिप्पणी छ ।  उनले भने, ‘हामी अत्यन्त खुसी हुन्छौँ, देशको प्रधानमन्त्री, मन्त्री, प्रतिनिधिले हिन्दु राष्ट्रको मुद्दालाई स्वीकार गर्नुभयो । त्यो भन्दा खुसी के हुन्छ र ? तर नक्कली बनेर यो देखाउनका लागि मात्रै गरिएको हो भने कसैलाई चित्त बुझाउनका लागि भयो भने दुर्भाग्यको कुरा हो ।'
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ