arrow

तस्बिरमा त्रिशूल जात्रा [फोटोफिचर]

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ २९ सोमबार
Trisul jatra-Nepal Photo Library9.jpg

काठमाडौं। त्रिशूल जात्रा मनाइएको छ । राक्षसहरूको कुकर्म अन्त्य गरिएको सम्झनामा त्रिशूल जात्रा मनाउन शुरु गरिएको हो।

त्यस समयमा तान्त्रिक विद्यामा निपुण रहेका बन्धुदत्त आचाजु नाम गरेका एक गुरु थिए। देवीदेवतालाई समेत वशमा राख्न सक्ने आचाजुको पालामा नागार्जुन जङ्गल (जामाचो) मा रहेको एक राक्षसले  ग्वल: देशमा रहेका बालबालिकाहरूलाई चोरेर त्रासपूर्ण वातावरण सिर्जना गरेको थियो। 

सो कुरा राजा कहाँ सम्म पुग्यो र राजाले आचाजुलाई बोलाएर राक्षसलाई वशमा लिने योजना बनाउन भने। ग्वल: देशमा लक्ष्मण रेखा बनाइयो। र राक्षस बस्ने जामाचोबाट उनीहरूकै बच्चाहरू अपहरण गरेर त्यहाँ ल्याइयो। 

त्यसपछि जामाचोबाट सिधै देखिने सिफल डाँडामा लगेर उनीहरूको बच्चालाई त्रिशूलले घोचेको जस्तै गरेर राक्षसलाई तर्साइयो। आफ्नै बच्चाहरूलाई त्रिशूलले घोचेको देखेपछि राक्षसले त्यसपछि ग्वल: देशको बच्चाहरूलाई अपहरण गर्न छोडेको मान्यता छ ।

जय बागेश्वरीबाट शुरु हुने खट जात्रामा दायाँ बायाँ दुई कन्या केटीहरू राखिन्छ भने बीचमा केटा राख्ने गरिन्छ ।

Trisul jatra-Nepal Photo Library12.jpg
Trisul jatra-Nepal Photo Library11.jpg
Trisul jatra-Nepal Photo Library10.jpg
Trisul jatra-Nepal Photo Library9.jpg
Trisul jatra-Nepal Photo Library8.jpg
Trisul jatra-Nepal Photo Library7.jpg
Trisul jatra-Nepal Photo Library6.jpg
Trisul jatra-Nepal Photo Library2.jpg
Trisul jatra-Nepal Photo Library1.jpg
Trisul jatra-Nepal Photo Library4.jpg
Trisul jatra-Nepal Photo Library3.jpg
Trisul jatra-Nepal Photo Library5.jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ