arrow

राष्ट्रपति पौडेल गंगालालमा भर्ना 

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ ३० मंगलबार
ramchandra-poudel-president-always.jpg
तस्बिर – फाइल ।

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल अस्पताल भर्ना भएका छन् । मुटु जाँचका लागि पौडेल मंगलबार बिहान गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र भर्ना भएका हुन् ।

उनलाई नियमित जाँचका लागि अस्पताल लगिएको हो । उनको एन्जिओग्राम गरिएको छ । छाती दुख्ने समस्या देखिएपछि उपचारका लागि पुगेका मंगलबार बिहान ७ बजे गंगलाल हृदय रोग केन्द्रमा राष्ट्रपति पौडेलको एन्जियोग्राम गरिएको हो । 

उनलाई २४ घण्टा चिकित्सकको निगरानीमा राखिने भएको छ । राष्ट्रपति पौडेलको उपचारमा अस्पतालका निर्देशक डा. चन्द्रमणि अधिकारीसहितको टोली खटिएको छ । 

पछिल्लो समय राष्ट्रपति पौडेलको स्वास्थ्य बिग्रिएको छ । उनी यसअघि भारतमा लामो समय रहेर उपचार गरेका थिए । भारतमा पेटको समस्या भएर गएका भए पनि यसपटक फरक प्रकृतिको रोगको आशंका गर्दै निगरानीमा राखिएको हो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ