arrow

नेतृत्वले मार्गप्रशस्त गर्नुपर्ने गगनको संकेत, भन्छन् – कमजोर पार्टीको महामन्त्री भन्दा बलियो पार्टीको कार्यकर्ता वेश

logo
विवेक मिश्र, 
प्रकाशित २०८० जेठ ३० मंगलबार
gagan-thapa-2080-02-30.jpg

मोरङ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कमजोर पार्टीको महामन्त्री हुनुभन्दा बलियो पार्टीको कार्यकर्ता हुनु वेश हुने बताएका छन् । मोरङको विराटचोकस्थित नेपाली कांग्रेसको निर्वाचन क्षेत्र नम्बर ३ को प्रथम ऐतिहासिक क्षेत्रीय सम्मेलनमा सम्बोधन गर्दै महामन्त्री थापाले नेतृत्व कमजोर भएको भन्दै अब मार्गप्रशस्त्र गर्नु पर्ने बेला आएको संकेत गरेका हुन् । 

उनले भोलिको बारेमा आशा देखाउन नसक्नु नेतृत्वको कमजोरी रहेको थापाले बताए । उनले निराश भएका युवालाई आशा जगाउने कांग्रेस चाहिएको बताए । ‘विचार , संगठन र नेतृत्व  सही भयो भने निराशलाई आशावादी बनाउँछ’ भन्दै महामन्त्री थापाले कार्यकर्तालाई हौसला दिलाएका थिए ।

 ‘२०८४ सालको चुनाव गाह्रो छ भनेको सुन्छु । चिन्ता लिनुहुन्छ तर ३२९ पालिकामा कांग्रेसले जितेको छ । ५ प्रदेशमा कांग्रेस ठूलो दल छ । केन्द्रमा पनि कांग्रेस सबैभन्दा ठूलो दल हो चिन्ता उपयुक्त हैन ।’

थापाले अगाडि भने, ‘कांग्रेसले चुनाव जित्छ भनेर पार्टी निर्माण भएको हैन । चुनाव लड्न पार्टी स्थापना भएको हैन । समस्यालाई चिन्छ र आशा जगाउँछ । कांग्रेस अभिभावक हो । २०८४ को निर्वाचनमा मेयरको टिकट पालिकाका कार्यकर्ताले र वडाको उम्मेदवारको तय वडाले नै गर्न पाउनुपर्छ ।’
 
देश दौडाहामा रहेका थापाले भने “देशभर घुम्दा निराशा पाएको छु । रिसाएको भए केही हुँदैनथ्यो । तर निराशाले डर लागेको छ । निराश भएका युवालाई आशा जगाउने कांग्रेस चाहिएको छ ।’

 उनले कांग्रेस कसैको पिछलग्गु नभएको भन्दै सबै जनतालाई चित्त बुझाउनु पर्ने बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ