arrow

गंगालालमा उपचाररत राष्ट्रपति पौडेल डिस्चार्ज हुँदै 

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ ३१ बुधबार
ramchandra-poudel-final.jpg
तस्बिर – फाइल ।

काठमाडौं । शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रमा उपचाररत राष्ट्रपति रामचन्द्र पौडेल आज डिस्चार्ज हुँदैछन् ।

मुटुमा समस्या देखा परेपछि मंगलवार गंगालालमा भर्नारत पौडेल आज डिस्चार्ज हुन लागेका हुन् । सो अस्पतालले मंगलबार जारी गरेको विज्ञप्ति अनुसार उनको स्वास्थ्य अवस्था सामान्य रहेको छ।

मंगलबार बिहान नियमित स्वास्थ्य परीक्षणका क्रममा अस्पताल पुगेका उनलाई चिकित्सकको सल्लाह अनुसार २४ घन्टासम्म अवलोकनमा राखिएको हो । 

आज डिस्चार्ज गर्न लागिएको अस्पतालका कार्यकारी निर्देशक डा. चन्द्रमणि अधिकारीले जानकारी दिए।

पौडेलको एन्जियोग्राम गरिएको थियो । 

यसअघि उनी पेटमा समस्या भएपछि भारतमा उपचार गरेर फेर्केका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ