arrow

राष्ट्रपति पौडेल डिस्चार्ज 

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ ३१ बुधबार
ramchandra-poudel-final.jpg
तस्बिर – फाइल ।

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल डिस्चार्ज भएका छन् । छातीमा समस्या भएपछि मुटु जाँचका लागि मंगलबार बिहान गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र भर्ना भएका उनी २४ घण्टाको निगरानीपछि आज बिहान डिस्चार्ज भएका हुन् । 

अस्पतालले राष्ट्रपति पौडेलको अवस्था सामान्य रहेको बताएको छ । अस्पतालका कार्यकारी निर्देशक डा. चन्द्रमणि अधिकारीले पाैडेलको स्वास्थ्य सामान्य भएको बताए । 

पछिल्लो समय राष्ट्रपति पौडेल बिमार पर्दै आएका छन् । केही समयअघि उनी भारतमा उपचार गरेर फर्केका थिए । 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ