प्रतिरक्षा बहस गर्ने अधिवक्ताहरुविरुद्ध नाराबाजी गर्ने विप्लवका १३ कार्यकर्ता पक्राउ [फोटोफिचर]
हाम्रा कुरा
प्रकाशित २०८० जेठ ३१ बुधबार
1.1k
Shares
काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पक्षमा प्रतिरक्षा बहस गरेका अधिवक्ताहरूविरुद्ध नाराबाजी गर्ने नेत्रविक्रम चन्द्र ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीनिकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीका १३ नेताहरू पक्राउ परेका छन् ।
प्रकरणका आरोपितहरूको प्रतिरक्षा बहस चलिरहेको जिल्ला अदालत, काठमाडौं परिसरमा नाराबाजी गर्दै पुगेका उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो ।