- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । नवनियुक्त प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले पदभार ग्रहण गरेका छन् । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनियताको शपथ लिए लगत्तै उनी पदभार ग्रहण गर्न शुक्रबार साँझ सर्वोच्च अदालत पुगेका थिए ।
राष्ट्रपति भवन शीतलनिवासमा शुक्रबार साँझ आयोजित एक समारोहका बीच प्रधानन्यायाधीश कार्कीले पद तथा गोपनियताको शपथ लिएका थिए । सो अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, संवैधानिक अंगका प्रमुखहरू, न्यायाधीशहरू, नेपाल सरकारका मुख्यसचिव, उच्च पदस्थ सरकारी अधिकारी, सुरक्षा प्रमुखहरु, नेपाल बार एसोसिएसनका अध्यक्ष लगायतको उपस्थिति थियो ।
यसअघि शुक्रबार बिहान संसदीय सुनुवाइ समितिबाट नाम अनुमोदन भएपछि कार्कीलाई राष्ट्रपति पौडेलले प्रधानन्यायाधीशमा नियुक्त गरेका हुन् ।
समितिले बिहीबार र शुक्रबार प्रधानन्यायाधीशमा प्रस्तावित कार्कीसँग कार्ययोजना लिने र प्रश्नोत्तर गरेको थियो । संसदीय सुनुवाइ समितिमा कार्कीविरुद्ध बहालवाला जिल्ला न्यायाधीशसहितका २९ वटा उजुरी परेका थिए ।
योसँगै कार्कीले बीस दिन सर्वोच्च अदालतमा नेतृत्व सम्हाल्ने छन् । उनी साउन २० गते अनिवार्य अवकाशमा जाँदैछन् ।
प्रधानन्यायाधीशहरु अनिवार्य अवकाशमा जानुअघि एक महिना घरबिदामा बस्ने चलन छ । यस अर्थमा कार्कीले २० दिनमात्र कुर्सी सम्हाल्नेछन् ।