arrow

प्रेस युनियन रौतहटको अध्यक्षमा शिवाकोटी सर्वसम्मत

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार १ शुक्रबार
rautahat-press-union-2080.jpg

रौतहट । नेपाल प्रेस युनियन रौतहटको नेतृत्व प्रिमेश शिवाकोटीले सम्हालेका छन् । रौतहट शाखाको छैटौँ अधिवेशनले शिवाकोटीको नेतृत्वमा १३ जनाको कार्यसमिति सर्वसम्मत रुपमा चयन गरेको हो । 

प्रेस युनियन केन्द्रीय प्रतिनिधि गणेश रिजालको प्रमुख आतिथ्यतामा भएको अधिवेशनले अध्यक्षमा शिवाकोटी, उपाध्यक्षमा राजेश्वर पाण्डे (खुल्ला) र समावेसी उपाध्यक्षमा दिपुकुमार मिश्र, सचिवमा सागर हुमगाई, सहसचिवमा रामप्रकाश चौधरी, कोषाध्यक्षमा लक्ष्मी बस्नेत चयन भएका छ्न् । 

सदस्यहरुमा राजेश पौडेल, विष्णु आचार्य, बिबेक चौधरी, मो.मोजिबुल्लाह, मनोज यादव, मो. ओजिर आलम र प्रेम यादव चयन भएका हुन् । 

अधिवेशनमा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य शिव पुरी, प्रेस युनियनका केन्द्रीय सदस्य संजय कार्की, निवर्तमान अध्यक्ष यादवराज पुरीको आतिथ्यता रहेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ