arrow

समाजवादी मोर्चा सोमबार घोषणा 

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार २ शनिबार
prachanda-madhav-upendra-biplav.jpg
तस्बिर – फाइल ।

चितवन । समाजवादी मोर्चाको घोषणा यही असार ४ गते सोमबार हुने भएको छ । नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले असार ४ गते मोर्चाको घोषणा हुने बताएका हुन् । 

उनका अनुसार असार १ गते घोषणा गर्ने भनिए पनि प्रावधिक कारण हुन रोकिन पुगेको सरकारमा र सरकार बाहिर रहेका कम्युनिष्ट पार्टी आबद्ध मोर्चाको घोषणा असार ४ गते हुन लागेको हो  ।

चितवनमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उपाध्यक्ष पाण्डेले त्यसलाई मुर्त रुप दिनका लागि छलफललाई तिब्रता दिइएको जानकारी दिए । 

उपाध्यक्ष पाण्डेका अनुसार सरकारमा देखिएको अस्थिरता रोक्नका लागि मोर्चा गठनको पहल एक वर्ष अघिदेखि नै शुरु भएको थियो ।

पाण्डेले सरकारमा रहेका र सरकार बाहिर रहेका कम्युनिष्ट दलबीच कार्यगत एकता असार ४ गते हुने बताए । 

उपाध्यक्ष पाण्डेले भने, “कम्युनिष्टबीच कार्यगत एकता गर्दै देशको राजनीतिक अस्थिरता रोक्नका लागि मोर्चा गठन गर्न लागिएको हो ।” सरकारमा रहेका र बाहिर रहेका कम्युनिष्ट पार्टीबीच भएका छलफल टुङ्गिए पनि केही प्राविधिक समस्याका कारण घोषणामा ढिलाइ भएको उनको भनाइ थियो । 

उनले थपे, “सरकारमा देखिएको अस्थिरता रोक्न र सबैलाई एकीकृत गरेर अगाडि बढ्न सहज होस् भनेर मोर्चा गठनको पहल एक वर्षअघिदेखि भएको थियो ।”

सरकारमा रहेका दलले सरकार सञ्चालनमा सहयोग गर्ने र बाहिर रहेका दलले बाहिरी वातावरण तयार गर्ने गरी मोर्चा गठन गर्न लागिएको उपाध्यक्ष पाण्डेले बताए । 

नक्कली भुटानी शरणार्थी प्रकरणमा आरोपी पुर्पक्षमा जानुले भ्रष्टाचार विरुद्धको अभियान शुरु भएको उनले बताए । शुरुआतीमा पक्राउ परेका मात्रै नभई आरोपितलाई समेत कानूनी कठघरामा ल्याउनुपर्ने उपाध्यक्ष पाण्डेले पत्रकार सम्मेलमा जानकारी दिए । 

उनले भने, “नक्कली भुटानी शरणार्थीका विषयमा अनुसन्धान जहाँदेखि रोकिएको छ त्यहीँबाट पुनः शुरु गर्नुपर्छ । जो संलग्न भए पनि कारबाहीको दायरामा ल्याउनुपर्छ ।” 

फरक प्रसङ्गमा उनले बजेट हरेक निर्वाचन क्षेत्र र जिल्लामा समानुपातिक हुन जरुरी रहेको बताए । अहिलेको बजेटमा विभेद देखिएको भन्दै यसलाई सच्याएर जानुपर्ने उनको भनाइ थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ