arrow

राष्ट्रपति पौडेलको स्वास्थ्य स्थिर

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार ३ आइतबार
ramchandra-poudel-president-always.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा उपचाररत राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्था स्थिर रहेको छ । 

अचानक मुटुमा समस्या आएपछि राष्ट्रपति पौडेललाई शनिबार बिहान अस्पतालको मनमोहन कार्डियोथेरासिक भास्कुलर तथा ट्रान्स्प्लान्ट सेन्टर भर्ना गरिएको थियो । 

अस्पतालले आइतबार बिहान जारी गरेको प्रेस विज्ञप्तिमा उनको मुटुको चालको निगरानी भइरहेको जनाएको छ ।

उनी अढाई महिनाको अवधिमा पाँच पटक अस्पतालमा भर्ना भइसकेका छन् । उनको भारतमासमेत उपचार भएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ