arrow

खेलकुद क्षेत्रमा छुट्टिएको बजेटप्रति मन्त्री लिम्बू असन्तुष्ट

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार ४ सोमबार
Digbahadur limbu.jpg

पोखरा । नेपाल सरकारका युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बुले खेलकुद क्षेत्रमा छुट्टिएको बजेटप्रति असन्तुष्टि जनाएका छन् । उनले बजेटमा युवा तथा खेलकुद मन्त्रालय प्राथमिकतामा पर्न नसकेको भन्दै गुनासो पनि गरेका छन् ।

नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीद्वारा आयोजित पत्रकार सम्मेलनमा मन्त्री लिम्बुले यसवर्ष विगतमा भन्दा धेरै कम बजेट छुट्याइएको भन्दै ये बजेटले खेलकुदको क्षेत्रले फड्को मार्न नसक्ने स्पष्ट पारे । 

अघिल्ला वर्षमा पौने चार अर्बको बजेट छुट्याइएको भएपनि अहिले घटाएर एक अर्ब ८८ करोडको सिलिङ योजना आयोगले पठाएको उनले बताए । आफूले मन्त्रालय सम्हालेपछि केही योजना थप्नका लागि आग्रह गरेको भएपनि त्यसलाई सम्बोधन नगरिएको दुःखेसो पाखे ।

मन्त्री लिम्बुले खेल संघमा विवाद हुँदा खेल क्षेत्रमा समस्या हुने भएकोले संघहरु इमान्दार बन्नुपर्नेमा जोड दिए ।

संघहरुमा विवाद देखिएको विवाद छिट्टो अन्त्य हुनु आवश्यक रहेको भन्दै मन्त्री लिम्बुले एनमा पनि एक खेल, एक संघको व्यवस्था रहेको स्पष्ट पारे । राजनीतिक स्वार्थका लागि मात्र संघमा नलाग्न उनले आग्रह गरे ।

पदाधिकारीबीचको टसलका कारण युवा तथा खेलकुद मन्त्रालय अन्तर्गतका कर्मचारीको वृत्ति विकास लामो समयदेखि हुन नसकेको भन्दै उनले यसतर्फ आफूले ध्यान दिएको बताए । 

मन्त्री लिम्वुले १९औं एसियन गेमको तयारी सुरु भइसकेको भन्दै केही खेलको बन्द प्रशिक्षण पोखरामा हुने बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ