- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । यूईएफए नेसन्स लिग फुटबलको उपाधि स्पेनले जितेको छ । जर्मनीमा आइतबार राति भएको फाइनलमा क्रोएसियालाई पेनाल्टी सुटआउटमा पराजित गर्दै स्पेन च्याम्पियन बनेको हो ।
निर्धारित र थप गरिएको अतिरिक्त समय गोलरहित बराबरी भएपछि खेल पेनाल्टीमा गएको थियो । पेनाल्टीमा स्पेनले ५–४ ले बाजी मार्यो ।
स्पेनका लागि जोसेलु, रोड्री, मिकेल मेरिनो, मार्को एसेन्सियो र डानी कार्भाजलले गोल गरे । एम्रिक लापोर्टे भने चुकेका थिए ।
यता, क्रोएसियाका निकोला भ्लासिच, मार्सेलो ब्रिजोभिच,लुका मोड्रिच र इभान पेरिसिचले गोल गरे ।
तर, लोभ्रो माजेर र ब्रुनो पेट्कोभिच पेनाल्टीमा चुकेपछि क्रोएसिया उपविजेतामै समेटिएको हो ।
स्पेनको यो ११ वर्षपछिको पहिलो अन्तराष्ट्रिय उपाधि हो ।