arrow

 कृषि बस्तुका लागि बजारको ग्यारेन्टी गर्न मेटमणिको माग

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार ४ सोमबार
met-madi-chaudhary-socialist.jpeg

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का प्रमुख सचेतक मेटमणि चौंधरीले कृषि बस्तुको न्यूनतम मूल्य र बजारको आवश्यक व्यवस्था तत्काल मिलाउन सरकारसँग माग गरेका छन् । 

आजको  प्रतिनिधिसभा बैठकको शुन्य समयमा बोल्दै उनले नेपाललाई आत्मनिर्भर बनाउने हो भने सरकारले कृषि बस्तुको बजार र त्यसको न्यूनतम मूल्य तोकेर अघि बढ्नुको विकल्प नरहेको समेत बताए । प्रमुख सचेतक चौधरीले किसानहरूले न्यूनतम मूल्य समेत नपाएपछि पछिल्लो समय कालीमाटी बजारमा टमाटरलगायतका तरकारी फ्याँक्नु पर्ने अवस्था आएको उल्लेख गर्दै उनीहरूलाई हतोत्साहित हुन नदिन सरकारले विशेष ध्यान दिनुपर्ने बताए । 

उनले भने, ‘चाहेका बेला किसानहरूले मल, बीउ पाउँदैनन् । त्यसको बाबजुद पनि उत्पादन गर्छन् । न बजारको ग्यारेन्टी छ न मूल्यको ग्यारेन्टी । तर पनि उत्पादन गरिरहेकै छन् । पछिल्लो समय कालीमाटी मूल गेटमा टमाटर लगायतका तरकारी फालेर किसानहरूले विरोध गरेका छन् । किसानहरू आफ्नो पेशामा हतोत्साहित छन् । यदि नेपाललाई आत्मनिर्भर बनाउने हो भने कृषि बस्तुको लागि बजारको ग्यारेन्टी गर्ने कुरा र मिनिमम सर्पोट प्राइज कन्फर्म गर्ने कुरा गरोस् भनि सरकार र सम्बन्धित मन्त्रालयसँग माग गर्दछु ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ