arrow

आदिपुरुष विवादमै, भारतमासमेत रोकियो शो  

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार ४ सोमबार
Aadipurush.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । भारतीय चलचित्र आदिपुरुषको शो भारतको फिल्मीनगरी मुम्बईमा पनि रोकिएको छ । प्रभास, कृति सेनन र शेफ अली खान स्टारर फिल्म आदिपुरुषको विवाद चलचित्र प्रदर्शन अगाडि नै भइरहँदा मुम्बईको नालासोपारमा हिन्दू संगठनका कार्यकर्ताले आइतबार साँझको शो रोकाएका हुन् । 

हिन्दू संगठनका कार्यकर्ताले थिएटरमा पुगेर नाराबाजी गर्दै दर्शकलाई बाहिर जान भनेका थिए । त्यसपछि शो रद्द भएको हो । 

त्यस्तै छत्तीसगढको बिलासपुरमा हिन्दूवादी संगठनहरुले र्याली निकालेका थिए । 

विवादित संवाद राख्नुका साथै रामलाई जिसस जस्तो देखाएको आरोपसमेत छ । 

यो चलचित्र आजदेखि नेपालका विभिन्न भागमा शो चल्न बन्द गरिएको छ । सीतालाई भारतमा जन्मिएको भनेर संवाद बोलिएपछि चलचित्र प्रदर्शनमा रोक लगाइएको हो । 

चलचित्रका लेखक मनोज मुन्तशिरले फिल्मलाई लिएर सफाइ दिएका छन् । 

सो क्रममा उनले विवादित संवाद हटाउने पनि बताएका छन् । 

शुक्रबारदेखि प्रदर्शनमा आएको यो चलचित्रको दोस्रो दिनमै कमाईमा ४० प्रतिशत गिरावट आएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ