arrow

समाजवादी मोर्चा घोषणा

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार ४ सोमबार
samajbadi-morcha-2080-03-04.jpg

काठमाडौँ । सत्ताधारी गठबन्धनमा रहेका तीन दल र संसदीय प्रणाली नै नमान्ने भनेर बाहिर निस्किएको एक दल मिलेर समाजवादी मोर्चा घोषणा भएको छ । सत्ताधारी नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी र सत्ताबाहिर रहेको नेकपा कम्युनिस्ट पार्टी नेकपा मिलेर समाजवादी मोर्चा घोषणा गरेका हुन् । 

राष्ट्रिय सभा गृहमा भएको घोषणा सभामा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले समाजवादी मोर्चा नेपालको सहमतिपत्रमा संयुक्त हस्ताक्षर गरेका छन् ।

प्रतिनिधि सभामा समाजवादी मोर्चाका ५४ सांसद हुनेछन् । जसमा माओवादीका ३२, जसपाका १२ र एकीकृत समाजवादीका १० जना छन् । 

मोर्चामा समान विचार भएका अन्य दल थपिने बाटो खुला राखिएकाले संख्या बढ्न सक्ने नेताहरूले बताएका छन् । डा. बाबुराम भट्टराई यसअघि नै समेटिने बताइए पनि उपेन्द्र यादवका कारण तत्काललाई रोकिएको बताइएको छ । 



नयाँ