arrow

आलु प्याजको कर सुधार गर्नुपर्छः शेखर कोइराला [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार ४ सोमबार
shekhar koirala.jpg

काठमाडौँ । नेपाली काँग्रेसका नेता डा.शेखर कोईरालाले सरकारले बजेटमार्फत आलु प्याजमा लगाएको कर सुधार गर्न आवश्यक रहेको बताउनुभएको छ ।

सोमबार काठमाडौंमा भएको ट्रेड युनियन काँग्रेसको ७ औंँ महाधिवेशनलाई सम्बोधन गर्दैै नेता कोइरालाले यस्तो बताएका हुन् । उनले सरकारले जनतालाई विदेशबाट आयात भएका आलु, प्याज र स्याउमा मूल्य बढ्ने र नेपाली उत्पादन सस्तो हुने भनेर झुक्याएको बताए ।

उनले कुनै सुकै वस्तुमा १३ प्रतिशत कर लगाएपछि वस्तुको मूल्य सस्तो नभए महँगो हुने दाबी गरे । उनले अर्थमन्त्रीले नेपाली उत्पादनको मूल्य सस्तो बनाउने नाममा आलु,प्याजमा कर लगाउनु नेपाली उपभोक्ताको लागि राम्रो नभएको बताए ।

उनले नेपाली जनताको भान्सा महँगो भएकाले सरकारले आलु,प्याजमा लगाएको कर तत्काल संशोधन गरेर जान माग गरे । उनले सत्तापक्षका सांसदहरुले नै आफ्ना मागहरु सम्बोधन नभए बजेट पास हुन नदिने भनेकाले यस्तो अवस्था काँग्रेस कसरी अगाडि बढ्ने विषयमा छलफल गर्न आवश्यक रहेको बताए ।

नेता कोइरालाले सरकारले बजेटमा जिल्ला निर्वाचन कार्यालय प्रशासन कार्यालयको शाखा बनाउने विषयको विरोध गरे । उनले सरकारले जिल्ला निर्वाचन कार्यालयहरु खारेज गरेर प्रशासन कार्यालयको शाखा बनाउँदा कसरी निर्वाचन स्वच्छता र निश्पक्ष हुन्छ सरकारले बुझाउन आग्रह गरे ।  

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ