arrow

नेताहरु व्यक्तिगत स्वार्थमा केन्द्रित भएः कृष्ण सिटौला [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार ४ सोमबार
krishna sitaula.jpg

काठमाडौँ । नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले नेताहरु व्यक्तिगत स्वार्थमा केन्द्रित भएको टिप्पणी गरेका छन् । सोमबार काठमाडौंमा भएको ट्रेड युनियन काँग्रेसको ७ औंँ महाधिवेशनलाई सम्बोधन गर्दै नेता सिटौलाले यस्तो बताएका हुन् । उनले मुलुकको नेतृत्व गर्ने नेताहरुमा राष्ट्र र पार्टीको स्वार्थ भन्दा व्यक्तिगत स्वार्थ हावी भएकाले संविधान कार्यान्वयनमा समस्या देखिएको बताए । 

उनले भने,‘ नेपालको आजको राजनीतिक अवस्थाको निरन्तरता हुने हो भने र नेपाली काँग्रेस भित्रको अवस्था पनि यस्तै अवस्थामा चल्ने हो भने हामीले सोचेको गन्तव्यतर्फ पुग्न सकिँदैन । यसको निरन्तरता भए झन्डै २०५८ सालतिरको अवस्था नहोला भन्न सकिँदैन । त्यसैले एक पटक नेपाली काँग्रेस तथा तमाम लोकतन्त्रवादीहरुले सिङगो देशलाई नेतृत्व प्रदान गर्दछ । देशलाई व्यवस्थापन दिनुछ । देशमा आम जनताले चाहेको जस्तो देश बनाउने जे सपना बोकेका थिए । त्यो चाहे जस्तो बाटोमा सिङ्गो नेपाललाई हिँडाउन सक्नुपर्छ । नेताहरुले पार्टी र राष्ट्रको स्वार्थ भन्दा व्यक्तिको निजी स्वाथर् हाबी भयो । नेपाली काँग्रेस लगायत सबै पार्टी,सरकार,संसद तथा संवैधानिक निकायहरुमा समेत व्यक्तिगत स्वाथर् हावी भएको छ । यस्तो भएपछि कसरी संविधानको सहि कार्यान्वयन हुन्छ । सरकार तथा न्याय पालिकाभित्र समेत संविधानले तय गरेको गन्तव्र्य मूल्य र मान्यता भन्दा पनि निजी स्वास्र्थ हावी भएको छ । राष्ट्रको स्वार्थ र पार्टीको स्वाथर् भन्दा व्यक्तिगत स्वास्र्थ हावी भएको कारण अनेकौं कमजोरी भएका छन् ।’

उनले काँग्रेस भित्रको अवस्थामा अहिले कै निरन्तरतामा चल्ने हो भने २०५८ सालतिरको अवस्था हुने बताए । उनले एक पटक काँग्रेसले देशमा आम जनताले चाहेको जस्तो देश बनाउने बाटोमा सिङ्गो नेपाललाई हिँडाउन सक्नुपर्ने बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ