arrow

धेरै नेपाली बस्ने देशमा अवैतनिक राजदूतबाट छिटो राहदानी दिऔँः माधव नेपाल [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार ६ बुधबार
madhav nepal.jpg

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले धेरै नेपालीहरु भएको देशमा अवैतनिक राजदूतका माध्यमबाट राहदानी दिने पहल थाल्न सरकारसँग आग्रह गरेका छन् ।

बुधबार अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले धेरै नेपालीहरु बसोबास गर्ने देशका शहरहरुमा अवैतनिक राजदूतका माध्यमबाट समयमा नै राहदानी नवीकरण गर्नुपर्ने बताए ।

उनले कतिपय देशका दूतावासमा कर्मचारीहरु कम हुँदा समयमा नै काम सम्पन्न गर्न कठिनाइ भएको गुनासो आइरहेकोप्रति सरकारको ध्यानाकर्षण गराए । उनले समयमा नै राहदानी खरिद गर्न सके कम मूल्य पर्ने बताए ।

उनले सरकारले सीमित समयभित्र कति राहदानी आवश्यक पर्छ ? भन्ने कुरालाई ध्यानमा राखी समयमै खरिद गर्न सक्नुपर्ने बताए । उनले भेरियसनको नाममा म्यानुपुलेशन बढी हुने भन्दै यसतर्फ सचेत रहनुपर्ने बताए । उनले समयमा नै राहदानी खरिद गर्न नसके राहदानीको मूल्य ठेकेदारहरुले बढाउँदै लैजाने गरेको बताए ।

उनले भने, ‘राहदानी प्रिन्ट गर्न कति समयसम्म उसले सप्लाई गर्नसक्छ ? भन्ने कुरा पक्कै ध्यानमा राखिएको हो । यो भेरियसनको नाममा म्यानुपुलेशन ज्यादा हुने गर्दछ । भेरियसनको नाममा विभिन्न ठेक्कापट्टामा मूल्य वृद्धि गर्ने हुन्छ । थाहा छ भने समयमा गर्दा कम पर्छ । समयमा गर्न सकिएन भने भाउ बढाउँछन् । यसमा कत्तिको ध्यान गएको छ ? यसमा कस्ता विसंगति, विकृति देखिए ? बिचौलियाका समस्या होलान् । विचौलियाहरु जनता र कर्मचारीबीच कनेक्शन गर्ने कति छन् ? यस बारेमा के छ ? विभिन्न ठाउँमा स्टाफहरुको कमीका कारणले धेरै समय कुर्नुपर्ने स्थिति रहेको गुनासो छ । नेपालीहरुको उपस्थिति बाक्लो भएको ठाउँमा धेरै कर्मचारी राखेर समयमा नै काम सम्पन्न गरिदिनुपर्छ । एक ठाउँमा दूतावास हुन्छ, शहर र मानिस फरक फरक ठाउँमा छन्, खर्च र समयको कुरा छ । यसलाई सहज बनाउन के गर्ने ? अवैतनिक राजदूतहरुलाई किन दिन नसक्ने ? हामीले उनीहरुसँगबाट पनि राहदानी दिन सकिन्छ ।’

अध्यक्ष नेपालले राहदानी खरिदमा देखिएका विकृति, विसंगतिमा सरकारको ध्यान कति गएको छ ? भन्दै प्रश्नसमेत गरे ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ