arrow

चट्याङ लागेर एकको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार ६ बुधबार
lighting-thundering.jpg

नवलपुर । बर्दघाट सुस्तापूर्वको विनयी त्रिवेणी गाउँपालिका-१ भटुकेमा चट्याङ्ग लागेर एक जनाको मृत्यु भएको छ ।
    
जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक सन्तोष पाठकका अनुसार बुधबार विहान साढे ६ बजे ५७ वर्षिय छविलाल सारुको चट्याङ्ग लागेर मृत्यु भएको हो ।

उनलाई खेतमा काम गर्ने क्रममा चट्याङ्ग लागेको थियो । चट्याङ्ग लागेर घाइते भएका उनलाई घर ल्याउने क्रममा मृत्यु भएको प्रहरीको भनाइ छ । सारु श्रीमतिसँगै खेतमा काम गर्दै थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ