arrow

पार्टी स्थापना दिवसमा रास्वपाको चियापान, क–कसलाई निम्ता ? 

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार ६ बुधबार
rsp-rastriya-swatantra-party-final.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले  चियापान कार्यक्रम गर्ने भएको छ । पार्टी स्थापना दिवसको अवसरमा बिहीबार रास्वपाले चियापान गर्ने भएको हो ।

चियापानमा सबै दलको मूल नेतृत्वलाई बोलाइएको छ । रास्वपाले बालाजुस्थित पार्टी कार्यालयमा दिउँसो १ बजेदेखि चियापान गर्ने भएको छ । 

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, विभिन्न दलका अध्यक्ष तथा सभापति, कूटनीतिक नियोगका प्रमुख, निजी क्षेत्रका संघ संस्थाका प्रमुख लगायतलाई आमन्त्रण गरिएको रास्वपाले जनाएको छ ।

दलका प्रमुख सचेतक, सचेतकलाई पनि चियापानमा बोलाइएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ