arrow

पार्टी एकताबारे प्रचण्ड र विप्लवबीच छलफल

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार ७ बिहिबार
prachanda-biplab.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा महासचिव नेत्रविक्रम चन्द विप्लवबीच भेटवार्ता भएको छ ।

समाजवादी मोर्चाको घोषणा भएको केही दिनमा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र चन्दबीच भेटवार्ता भएको हो ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको सो भेट वार्तामा समाजवादी मोर्चालाई कसरी प्रभावकारी बनाउने भन्ने विषयमा छलफल भएको बताईएको छ ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार माओवादी आन्दोलनको उपलब्धिको रक्षा र पार्टी एकताबारे दुवै नेताका बीचमा गम्भीर छलफल भएको छ ।दुवै नेताले पार्टी एकताका बारेमा पनि कुराकानी गरेको जनाइएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ