arrow

ट्रेड युनियन कांग्रेसमा कुँवर 

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार ७ बिहिबार
yogendrabahadur-kunwar-trade-union-congress-2080.jpg

काठमाडौँ । नेपाल ट्रेड युनियन कांग्रेसको अध्यक्षमा योगेन्द्रबहादुर कुँवर निर्वाचित भएका छन् । बिहीबार दिउँसो सकिएको मतगणनाअनुसार उनी ४४१ मत प्राप्त गरेर अध्यक्षमा निर्वाचित भएका हुन् । 

उनका प्रतिद्वन्द्वी महेन्द्र यादवले ३७६ मत पाए । यस्तै वरिष्ठ उपाध्यक्षमा तेजेन्द्रजंग कार्की, खुला उपाध्यक्षमा गणेशबहादुर केसी, महिला उपाध्यक्षमा राधिका कुइँकेल खनाल, सेवा क्षेत्रतर्फको उपाध्यक्षमा नेत्रविक्रम थापा, उत्पादन क्षेत्रतर्फको उपाध्यक्षमा ललितबहादुर श्रेष्ठ, र अनौपचारिक  तथा स्वरोजगार क्षेत्रको उपाध्यक्षमा राजेश पालिखे निर्वाचित भएका छन् । 

महासचिवमा अजयकुमार राई निर्वाचित हुँदा खुलातर्फको उपमहासचिवमा जनार्दन भट्टराई र बलदेव तामाङ, महिला उपमहासचिवमा सुशीला घिमिरे निर्वाचित भएका छन् ।

यस्तै सेवा क्षेत्रतर्फको उपमहासचिवमा देवदत्त बडू, उत्पादन क्षेत्रतर्फको उपमहासचिवमा कुलबहादुर खड्का र अनौपचारिक तथा स्वरोजगार क्षेत्रको उपमहासचिवमा रुकमणी थापा अर्चना विजयी भएका छन् । 

कोषाध्यक्षमा सञ्जयकुमार दाहाल र सह–कोषाध्यक्षमा रशामाया गुरुङ निर्वाचित भएकी छिन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ