arrow

प्रधानमन्त्री प्रचण्डले संसदमा जवाफ दिँदै 

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार ८ शुक्रबार
Prachanda-parliament-PM.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । आज प्रतिनिधि सभा बैठक बस्दैछ । संघीय संसद भवन, नयाँ वानेश्वरमा उक्त बैठक बस्न लागेको हो । बैठक बिहान ११ बजे बोलाइएको छ । 

आजको बैठकमा प्रतिनिधि सभा सदस्यहरुले सोधेको प्रश्नको जवाफ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दिँदैछन् । यसअघि भारत भ्रमणबाट फर्केपछि पनि प्रधानमन्त्रीले संसदमा जवाफ दिएका थिए । 

सो बैठकमा विनियोजन विधेयक २०८० को विभिन्न शिर्षकहरु माथिको छलफल अन्तर्गत चार वटा मन्त्रालयससहितको बजेट शिर्षक माथि छलफल हुनेछ । 

जसअनुसार संस्कृति, पर्यटन, तथा नागरिक उडडयन मन्त्रालय, गृह मन्त्रालय, रक्षा मन्त्रालयसहित प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय, राष्ट्रिय योजना आयोगको सचिवालयले, राष्ट्रपति कार्यालय एवं उपराष्ट्रपतिको कार्यालयका बजेट शिर्षकमाथि छलफल हुन लागेको हो । 

यसैगरी सो बैठकमा ७ जना सांसदले खर्च कटौतीको प्रस्ताव गर्नेछन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ