arrow

सदनमा प्रचण्डले जवाफको कागज नभेटेपछि 

मेरो तयारीमा केही कमजोरी देखियो : प्रधानमन्त्री 

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार ८ शुक्रबार
pm-kagajj.JPG

काठमाडौं ।  सांसद अम्बिका बस्नेतले प्रश्न सोधी रहँदा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले त्यसको उत्तर भएको कागज खोजी रहेका थिए । 

बस्नेतको प्रश्न सकिएसँगै सभामुखले प्रधानमन्त्रीलाई जवाफ दिन समय दिए तर प्रधानमन्त्री आफैले पुन सांसदको नाम सोधे । 

प्रधानमन्त्रीले भने - सम्माननीय सभामुख महोदय फेरि मलाई नाम भनिदिनुपर्ने भयो ? यहाँ मेरो थोरै चाहिँ तलमाथि पर्‍यो ।

सभामुख - अम्बिका बस्नेत, माननीय श्री अम्बिका बस्नेत ।

प्रधानमन्त्रीले फेरि भने - अम्बिका बस्नेत ? 
सभामुख - अम्बिका बस्नेत ।

यति भनिरहँदा अम्बिका बस्नेत भने सदनमा बसेर हाँसी रहेकी थिइन् । 

प्रधानमन्त्री कागज पल्टाइ रहे । उनको अनुहार केही मलिन देखिन्थ्यो । 

सभामुखले प्रधानमन्त्रीलाई सहयोग गर्न सङ्घीय सदनका कर्मचारी खटाए । 

प्रधानमन्त्रीले पुन प्रश्नका लागि अम्बिका बस्नेतलाई आग्रह गरे । 

प्रधानमन्त्रीले भने - माननीय सदस्य म फेरि प्रश्न गर्न आग्रह गर्दछु । मेरो तयारीमा केही कमजोरी रहेको देखियो । 

अम्बिका बस्नेतले फेरि हाँस्दै आफ्नो प्रश्न राखिन् । र त्यस्तो उत्तर एक मिनेट पनि नलगाई प्रधानमन्त्रीले दिए ।



नयाँ