- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको आर्थिक वर्ष २०८०-८१ भित्र साइट क्लियर गरिसक्ने योजना रहेको बताएका छन् ।
शुक्रवार प्रतिनिधि सभामा प्रधानमन्त्री प्रश्नोत्तर कार्यक्रममा सांसदहरूले उठाएको प्रश्नमा जवाफ दिँदै प्रधानमन्त्री दाहालले यस्तो बताएका हुन् ।
उनले सरकारले राष्ट्रिय गौरवका आयोजनाहरूमा बजेट सुनिश्चित गर्ने गरेको बताए। उनले राष्ट्रिय गौरवका आयोजनाहरूमा बजेट कम हुने अवस्थामा थप बजेट व्यवस्था गर्ने गरिएको बताए। उनले रेल सेवा सञ्चालन गर्ने कुरामा सरकार सकारात्मक रहेको पनि बताए।
उनले राष्ट्रिय गौरवका आयोजनाहरू र अन्य प्राथमिकता आयोजनाहरूको जग्गाअधिकरण मुआब्जा तथा क्षतिपूर्ति वितरण गर्ने कार्य सरकारको प्राथमिकतामा रहेको बताए ।