arrow

मधेस प्रदेशमा कम बजेट विनियोजन गरिएको कुरा साँचो होइन: प्रचण्ड

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार ८ शुक्रबार
prachanda-2080-03-08.JPG

काठमाडौं ।  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आगामी आर्थिक वर्षको बजेटमा मधेस प्रदेशमा कम बजेट विनियोजन गरिएको कुरा सत्य नभएको बताएका छन् ।  शुक्रवार प्रतिनिधि सभामा प्रधानमन्त्री प्रश्नोत्तर कार्यक्रममा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री दाहालले यस्तो बताएका हुन् । 

उनले सङ्घीयताको मर्म अनुरूप सङ्घबाट प्रदेश र स्थानीय तहमा हुने वित्तीय हस्तान्तरणको १५ प्रतिशत भन्दा बढी रकम मधेस प्रदेशमा जाने गरेको बताए । उनले सङ्घबाट सञ्चालन हुने पूर्वपश्चिम राजमार्ग पथलैया वीरगञ्ज करिडोर चन्द्रपुर गौर राजमार्ग,हुलाकी राजमार्ग,सुनकोशी मरिनडाइभर्सन,बागमती कमला चन्द्रनहर लगायतका सिँचाई आयोजना विभिन्न औद्योगिक पूर्वाधार तथा व्यापारिक पूर्वाधार आयोजनाहरू तराई मधेसलाई लक्षित गरि नै अगाडि बढाएको बताए । 

उनले तराई मधेस समृद्धि कार्यक्रम,मधेसलाई काठमाडौंसँग जोड्ने द्रुतमार्ग लगायतका ठूला परियोजना पनि मधेस प्रदेशमा पर्नेमा तीनको समयबद्ध कार्यान्वयनको लागि बजेट विनियोजन गरिएको बताए । 



नयाँ