टेलिकमको मोबाइल डाटा मोबाइल बैंकिङका लागि सुरक्षित
हाम्रा कुरा
प्रकाशित २०८० असार ८ शुक्रबार
1.8k
Shares
तस्बिर – फाइल ।
काठमाडौँ । नेपाल टेलिकमले टेलिकमको डाटा प्रयोग गरी सुरक्षित कारोबार गर्न आग्रह गरेको छ ।
टेलिकमले मोबाइल सन्देश जारी गर्दै अनलाइन वा मोबाइल वालेटबाट सुरक्षित रुपमा भुक्तानी गर्न, रकम पठाउन वा प्राप्त गर्न सुरक्षित इन्टरनेट कनेक्सन जरुरी हुने भन्दै त्यसका लागि टेलिकमको मोबाइल डाटा प्रयोग गरी सुरक्षित कारोबार गर्न सकिने जनाएको हो ।
टेलिकमले सन्देशमा भनेको छ, ‘अनलाइन वा मोबाइल वालेटबाट सुरक्षित रुपमा भुक्तानी गर्न, रकम पठाउन वा प्राप्त गर्न सुरक्षित इन्टरनेट कनेक्सन जरुरी हुन्छ । नेपाल टेलिकमको मोबाइल डाटा प्रयोग गरी सुरक्षित कारोबार गर्न सकिन्छ ।’