arrow

नेपाली क्रिकेट टोलीलाई ओलीले भने-  नेपाल फर्केपछि सँगसँगै खाना खानेगरि भेटौँला

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार १० आइतबार
kp-oli_1617770534.jpg

काठमाडौं । नेपाली क्रिकेट टोलीलाई नेपाल फर्केपछि सँगसँगै खाना खानेगरि भेट्ने नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निम्तो दिएका छन् । 

आइतबार सामाजिक सञ्जाल फेसबुकमार्फत अध्यक्ष ओलीले नेपालको विश्वकप छनोट क्रिकेटको यात्रा टुङ्गिए पनि खेलबाट  निराश हुनु नपर्ने भन्दै उनले यस्तो बताएका हुन् । 

उनले मेहनतका लागि नेपाली क्रिकेट टोलीलाई धन्यवादसमेत ज्ञापन गरेका छन्।  उनले लेखेका छन्,' मेहनतका लागि धन्यवाद नेपाली क्रिकेट टिम ! नेपाल फर्केपछि सँगसँगै खाना खानेगरि भेटौँला। एउटा असफलता यात्राको अन्त्य होइन, हाम्रो यात्रा जारी छ।'

ओलीले  मेहनतका बाबजुद पनि परिणाम प्राप्त नहुँदा निराश हुन नपर्ने बताएका छन् ।' मेहनत जननी हो भने परिणाम शीशु। कहिलेकाहीँ मेहनतका बाबजुद पनि परिणाम प्राप्त नहुन सक्छ। यसबाट निराश हुनु हुँदैन। परिणाम हामीले सोचेजस्तो नभए पनि नेपाली टिमको मेहनत कमजोर थिएन।'

हिजो आईसीसी विश्वकप छनोट क्रिकेट प्रतियोगिताको चौथो तथा समूह चरणको अन्तिम खेलमा नेदरल्याण्ड्ससँग पराजय बेहोरेसँगै नेपालको विश्वकप छनोटको यात्रा सकिएको छ ।  ओलीले हिजोको खेल लाइभ हेरेको बताएका छन् ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ