arrow

गौरादहलाई  बालमैत्री नगर बनाइने, बाल सञ्जाल गठन

logo
युवराज रेग्मी,  
प्रकाशित २०८० असार १० आइतबार
balsangal-gauradaha-2080.jpg

गौरादह । झापाको गौरादह नगरपालिकालाई बालमैत्री नगर घोषणा गरिने भएको छ । बालमैत्री स्थानीय शासनको परिकल्पना अनुरुप गौरादह नगरलाई बालबालिका मैत्री नगरपालिका बनाउने लक्ष्यका साथ गत जेठ १८ र १९ गते सरोकारवालाहरु सम्मिलित दुई दिने नगर स्तरीय अभिमुखीकरण कार्यक्रम  सम्पन्नगरी गौरादह नगरलाई बालमैत्री नगर बनाउने कार्य अगाडि बढाइएको हो ।

गौरादह नगरपालिकाको आयोजनामा स्कुलचौनस्थित महारानीझोडा सानाकिसान कृषि सहकारी सस्थाको नमूना एकीकृत सहकारी खेती अन्तरगतको नमूना पाहुनाघर  सभाहलमा दुई दिने अन्तरकृया सम्पन्न गरिएको थियो । 

अन्तरकृया कार्यक्रमको अवसर पारेर गौरादह नगरलाई बालमैत्री नगर घोषणा गर्न  आवस्यक रहेको महसुस गर्दै २०८३ फागुन मसान्तसम्ममा गौरादह नगरलाई  बालमैत्री नगर घोषणा गर्ने लक्ष्य लिएर सरोकारवालाहरुले प्रतिबद्वता जनाएका थिए  । 

 अन्तरकृया कार्यक्रममा सहभागी सरोकारवलाको भेलाले गौरादह नगरलाई २०८३ फागुन मसान्तसम्ममा बालमैत्री नगर घोषणा गर्ने प्रतिबद्धता अनुरुप शनिबार  गौरादह नगरमा नगरस्तरीय बाल सञ्जाल गठन गरिएको छ ।

श्री डोरामारी माध्यमिक विद्यालय गौरादह ४ कि छात्रा पुजन खरेलको अध्यक्षतामा १५ सदस्यीय नगर बाल संजाल गठन गरिएको हो । नगर बालसंजालको उपाध्यक्षमा सुमन सिटौला, सचिवमा रोइसा भुजेल सहसचिवमा अभिरङ्ग लौडारी र कोषाध्यक्षमा बिपन थापा सर्वसम्मत निर्वाचित भएका छ्न् ।

गौरादह नगरपालिका वडा नं १ को सभाहलमा आयोजित कार्यक्रममा गौरादह नगर अन्तर्गतका ९ वटै वडाका सामुदायिक र संस्थागत विद्यालयमा अध्ययनरत करिब १०० जना प्रतिनिधि विद्यार्थी र संरक्षक शिक्षकहरुको उपस्थितिमा नगर बालसंजाल अभिमुखीकरण एवं गठन कार्यक्रम सम्पन्न भएको हो  ।

गौरादह नगरपालिका महिला तथा बालबालिका साखा प्रमुख कबिता तुम्बापोको संयोजकत्वमा आयोजित कार्यक्रमको सहजिकरण बाल अभियता सुमन ढकालले सहजीकरण गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ