arrow

मोर्चा गठनले केहीको निद हराम, देउवा भने खुशी– माधव नेपाल

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार १० आइतबार
madhav-kumar-nepal-cpn-us.jpg
तस्बिर – फाइल ।

रौतहट । एकीकृत समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले समाजवादी मोर्चा गठनबाट नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा खुशी भएको बताएका छन् ।

गृहजिल्ला रौतहट आएका अध्यक्ष नेपालले गौर नगरपालिकाको आइतबार शुरु भएको १२औं नगर अधिवेशनको उद्घाटन समारोहमा बोल्दै समाजवादी मोर्चा देखेर देउवा खुशी भएको प्रतिक्रिया दिएका हुन् ।

कांग्रेस सभापति देउवालेसमेत मोर्चाको विरोध गरेको भन्दै केही मिडियामा झुटो समाचार आएको उनको भनाइ थियो । ‘बाहिर मिडियामा झुट्टो प्रचार गरियो । सिँगापुर पुगेर देउवाले मोर्चा गठनको विरोध गरे भनेर प्रचार गरियो । यो सरासर गलत हो’, उनले भने ।

यस क्रममा अध्यक्ष नेपालले अब हातमा हात मिलाएर अघि बढ्नु पर्ने भन्दै देउवाले सुझाव दिएको पनि बताएका थिए । मोर्चा गठनले केहीको ‘निद हराम’ भएको र केहीलाई हैरान गरेको पनि उनको जिकिर छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ