arrow

छायाँनाथले फार्मेसी सेवा सञ्चालनमा ल्याउने

गोठालोसँग नगर प्रमुख कार्यक्रम सञ्चालन गरिने

logo
नृपेन्द बहादुर मल्ल,
प्रकाशित २०८० असार ११ सोमबार
chayanath-nagar.JPG

मुगु । मुगुको एक मात्र नगरपालिका छायानाथ रारा नगरपालिकाले नगरवासीलाई सर्वसुलभ औषधी उपलब्ध गराउन फार्मेसी सञ्चालनमा ल्याउने भएको छ . आइतबार उद्घाटन भएको नगरपालिकाको १३ औ नगर सभामा आर्थिक वर्ष २०८०÷०८१ का लागी नगरप्रमुख विष्णु कुमार भामले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा नगर भित्र २ वटा फार्मेसी पसलहरू सञ्चालनमा ल्याउने उल्लेख गरिएको हो । 

कणाली प्रदेश सरकारका नि वर्तमान उद्योग,पर्यटन,वन तथा वातावरण मन्त्री जित बहादुर मल्लको प्रमुख आतिथ्यमा उद्घाटन गरिएको छायाँनाथ रारा नगरपालिकाको १३ औँ नगर सभामा नगरप्रमुख भामले नीति तथा कार्यक्रम प्रस्तुत गरेको थियो । 

नीति तथा कार्यक्रममा प्राय पुराना कार्यक्रमहरूलाई निरन्तरता दिने बताइनुका साथै दुर्गम तथा पिछडिएको क्षेत्र त्यसमा पनि स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा आवश्यक औषधी सुलभ र सहज नहुँदा समयमै उपचार नपाएर नागरिकहरूले अकाल मै मृत्युवरण गर्नु परेको भन्दै आगामी वर्ष भित्र सदरमुकाम गमगढी र जिल्ला अस्पताल नजिक २ वटा औषधी फार्मेसी पसल नगरपालिकाले सञ्चालन गर्ने र जिल्ला अस्पताल मुगु कणाली प्रदेश सरकार मातहत भए पनि नजिकको सरकारका नाताले एक जना एमजिडिपी चिकित्सक उपलब्ध गराउन बजेटको व्यवस्था मिलाएको उल्लेख गरिएको छ । 

नगरपालिकामा जेष्ठ नागरिकहरूको सुविधाका लागी वृद्ध आश्रम स्थापना गर्ने र आश्रममा जातीय विभेद नहोस् भनेर दलित समुदायका जेष्ठ नागरिकहरूका लागी छुटै आश्रम बनाउने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

घरमा हुने सुत्केरीलाई शल्य बनाउन असहाय,गरिब तथा विपन्नका लागी निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन गर्ने,वडा नं १ मा रहेको गम हेपोलाई स्तर वृद्धि गरि १० शय्याको अस्पतालको रूपमा विकास गरिने, नेपाल पत्रकार महासङ्घ मुगु शाखाको समन्वयमा जिल्लामा क्रियाशील पत्रकारहरूले स्वास्थ्य बिमा गर्ने,शैक्षिक तथा युवा बेरोजगारलाई मध्यनजर राखी युवा स्वरोजगार कार्यक्रमहरु सञ्चालन गर्ने,नगर भित्रका बालबालिका तथा आमा,वयस्क महिलाहरूमा पोषणका टेवा पुर्‍याउन रैथाने कृषि बालीको खेतीमा जोड दिने र जिल्ला बाहिरबाट आउने फलफूल तथा तरकारीहरूको नाकाहरूमा गुणस्तर चेकजाँच गर्ने पनि नीति तथा कार्यक्रममा बताइएको छ ।

यस्तै सुरक्षित खानेपानीको पहुँचमा समुदायलाई पुर्‍याउन गैर सरकारी संस्थाहरूको साझेदारीमा एक घर एक धारा कार्यक्रमलाई निरन्तरता दिने,खानेपानीको योजनालाई दिगो बनाउन सामाजिक परिचालन गरिने,सु शासन र पारदर्शितालाई मूल एजेण्डा अवलम्बन गर्ने र सो अनुरूपका क्रियाकलापमा जोड दिने, नेपाल कै प्रमुख पर्यटकीय गन्तव्यका रूपमा रहेको राराको विकासका लागी रारा गुरु योजना बनाइने,रारा बाहेक नगरमा नजरमा पर्न नसकेका प्राकृतिक तथा सांस्कृतिक क्षेत्रको खाजी र प्रचार प्रसारमा जोड दिने, चंखेली हिमाल,दूध ताल,ऋणीमोक्ष्क्ष,थार्पमोष्टो,सिप्टी चौर, जस्ता ओझेलमा परेका धार्मिक तथा प्राकृतिक क्षेत्रको विकासमा जोड दिने,एसइईमा ए प्लस ल्याएका गरिब,जेहनदार,दलित विद्यार्थीको उच्च शिक्षा अध्ययनका लागी नगरपालिकाले लगानी गर्ने पनि नीति तथा कार्यक्रम प्रस्तुत गदै नगरप्रमुख भामले बताए।

एक वडा एक उत्पादन कार्यक्रम प्रभावकारी बनाउन एक वडा एक कृषि प्राविधिक राखिने,कुन वडा बस्तीमा के उत्पादन हुन्छ त्यसको अनुसन्धान र खोज गरि सोही बाली उत्पादनमा जोड दिन पकेटको रूपमा विकास गरिने छ,वैदेशिक रोजगारीबाट फर्केका युवालाई कृषि तथा पशुपालन व्यवसायमा आकर्षित गर्न विशेष नीति अवलम्बन गर्ने,नगरमा खाली र बाँझो रहेका १० रोपनी सम्म जग्गा भाडामा लिई कृषि व्यवसाय सञ्चालन गर्ने कृषकलाई अनुदान दिने,नगर भित्रका सबै ८७ वटा बस्तीहरूमा पुगेका ग्रामीण सडकहरूको स्तर उन्नति गरिनेछ ,पशुपालन कृषकहरूलाई प्रोत्साहन गर्न गोठालोसँग नगर प्रमुख कार्यक्रम सञ्चालन गरिने,नगरबाट प्रदान हुने सेवा प्रवाहको गुणस्तर चेक गर्न बेला बेला टोल बस्तीमा छडके खोजी नीतिमा जाने , सार्वजनिक सुनुवाइ र सार्वजनिक परीक्षण गर्ने पनि नीति तथा कार्यक्रममा भनिएको छ । 

यस्तै नगरमा रहेका नागरिकलाई सुलभ र सहज यातायातमा पहुँच पुर्‍याउन नगर बस सञ्चालनमा ल्याउने,विद्यालयहरूका भौतिक संरचनाको विकासमा जोड दिने,शिक्षकहरूलाई पटक पटक क्षमता विकास सम्बन्धी शैक्षिक तालिमको व्यवस्था मिलाउन बजेटको व्यवस्था गरेको नगरप्रमुख भामले बताए। 

१३ औ नगर सभामा निवर्तमान नगरप्रमुख हरिजंग शाही,समन्वय प्रमुख मन्जन बहादुर कार्की,समन्वय अधिकारी भिमराज सेजुवाल,नेपाल पत्रकार महासङ्घ मुगुका संस्थापक अध्यक्ष विनोद कुमार मल्ल,अस्पताल विकास समितिका अध्यक्ष गजेन्द्र बहादुर मल्ल,रारा क्याम्पस प्रमुख सुशील कुमार भाम,शिक्षक महासङ्घका अध्यक्ष विष्णुमाया भाम,उद्योग वाणिज्य सङ्घ मुगुका अध्यक्ष कमल बहादुर बुढा,नागरिक समाजका अध्यक्ष रूप बहादुर मल्ल,उपभोक्ता हित मञ्चका अध्यक्ष चित्र बहादुर मल्ल,नेत्र ज्योति सङ्घका अध्यक्ष तिलक बहादुर मल्ल,मेची महाकाली बुहारी आवाजकी मुगु अध्यक्ष सूर्यदेवी मल्लले शुभकामना दिएका थिए । 

मुगु जिल्लामा रहेका चार वटा स्थानीय तहहरू मध्य खत्याड गाउँपालिकाले शनिवार बाट आफ्नो बजेट सभा शुरु गरेको थियो भने बाँ रहेका छायाँनाथ रारा नगरपालिका,सोरु गाउँपालिका र मुगुम कार्मारोङ्ग गाउँपालिकाहरूले आइतबारबाट आफ्नो नगर गाउँ सभा उद्घाटन गरि शुरु गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ