arrow

सलमानलाई जसरी पनि मार्ने गोल्डी बराडको चेतावनी

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार १२ मंगलबार
salman-khan1.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । अलिउड अभिनेता दबंग स्टार सलमान खानलाई फेरि मार्ने धम्की आएको छ । ग्याङस्टर लरेन्स विश्नोईका नजिकका ग्याङस्टर गोल्डी बराडले सलमानलाई जसरी पनि मार्ने बताएका छन् । भारतीय एक सञ्चारमाध्यमलाई अन्तर्वार्ता दिँदै गोल्डीले उक्त धम्की दिएका हुन् । 

गोल्डीले सलमानलाई मार्नु आफ्नो जीवनको लक्ष्य रहेको पनि बताएका छन् । गोल्डी हालका दिनमा क्यानडा वा अमेरिका कतै लुकेको पनि बताइन्छ । 

गोल्डीले सलमानलाई मात्र हैन सबै दुस्मनलाई मार्नेसमेत बताएका छन् । लरेन्सले आफुनो अन्तर्वार्तामा भनेका थिए कि सलमानले उनीहरुको समाजलाई निकै निच देखाएका छन् । उनले भने, ‘हाम्रो बिस्नोई समाजमा बोट बिरुवा र जीवलाई लिएर काफी मान्यता छ ।’

सलमानले सन् १९९८ को सेप्टेम्बर–अक्टुबरमा जोधपुरमा फिल्म हम साथ साथ है को शुटिङका क्रममा हरिणको शिकार गरेको आरोप उनीमाथि छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ