arrow

प्रधानमन्त्री प्रचण्डले बजेटमाथि उठेका प्रश्नको जवाफ दिँदै 

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार १३ बुधबार
prachanda-parliament-2080-02-04.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । प्रतिनिधि सभाको बैठक बस्दैछ । ११ बजे बोलाइएको बैठकमा विनियोजन विधेयकमाथिको छलफल जारी रहने छ । सोही क्रममा विनियोजन (बजेट) विधेयकमाथि उठेका प्रश्रको जवाफ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दिनेछन् । 

जसअनुसार प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय, उपराष्टपतिको कार्यालय, राष्ट्रिय योजना आयोगलगायतका कार्यालयमा छुट्टाइएको बजेटमाथि जवाफ दिने कार्यक्रम रहेको छ । 

मंगलबारको  बैठकमा भने भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, अर्थ मन्त्रालय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय र कृषि तथा पशुपन्छी विकास मन्त्रालयको विनियोजन विधेयक २०८० अन्तर्गत विभिन्न शीर्षकहरूमा सांसदले उठाएका प्रश्नहरूको सम्बन्धित मन्त्रीले जवाफ दिएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ